बैशाख ११, २०८१ मंगलबार

टोखामा लैंगिक हिंसा विरूद्ध भर्चुअल अन्तक्रिया



काठमाडौंको टोखा नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत “मानसिक स्वास्थ्य र मनोविमर्श” नामक भर्चुअल अन्तरक्रिया सञ्चालन गरेको छ ।

टोखा नगरपालिकाको आयोजना र ओरेक नेपालको सहकार्यमा भर्चुअल विधिबाट कार्यक्रम सुरु भएको हो । अभियान टोखा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलकाे नेतृत्वमा सञ्चालन भएकाे छ ।

विगतका वर्षहरुमा भौतिक रुपमा उपस्थित भएर प्रत्येक वडामा लैंगिक हिंसा विरूद्धका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन हुँदै आएकोमा यसपटक कोरोना महामारीले गर्दा भर्चुअल विधिबाट अन्तरक्रिया सञ्चालन गरिएको अभियानको संयोजक तथा नगर उपप्रमुख डंगोलले बताइन् ।

दुई दिने अन्तरक्रिया कार्यक्रमको पहिलो दिन नगर प्रमुख प्रकाश अधिकारीले लैगिक हिंसाको बारेमा मन्तव्य राखेका थिए । त्यस्तै नगर महिला तथा बालबालिका शाखा निरिक्षक बिमला वाग्लेले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा टोखाका जनप्रतिनिधिहरु, नगर शाखा प्रमुख र नगर भित्रका संघ/संस्थाहरुको प्रतिनिधि सहभागी भएका थिए ।

आजको कार्यक्रमको प्रशिक्षक ओरेक नेपालका रूपा भट्टराईले “मानसिक स्वास्थ्य र मनोविमर्श” बारे भिडियो डकुमेन्ट्री सहित प्रशिक्षण दिएकी थिइन् । अर्को कार्यक्रम डिसेम्वर ४ तारिखका दिन हुने नगर उप–प्रमुख डंगोलले बताइन् ।