चैत्र १६, २०८० शुक्रबार

साताकाे पहिलाे दिन नै घट्याे सूनकाे भाउ



काठमाडौं – साताको पहिलो दिन सुनको मुलय घटेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

गत शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ७०० रुपैयाँमा कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य ९२ हजार २५० रुपैयाँ तोकिएको छ ।

आइतबार डलरको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मुल्य १२१० रुपैयाँ नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ।