चैत्र १६, २०८० शुक्रबार

गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पहिलो पटक महिला , १२ जिल्लामा सीडीओ सरूवा



गुल्मी जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रुपमा पहिलो पटक महिलाको सरुवा भएको छ ।

आज गृह मन्त्रालयले सह–सचिव रुद्रादेवि शर्मालाई गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको हो।

शर्मालाई रामेछापको प्रमुख जिल्ला अधिकारीबाट गुल्मी सरुवा गरिएको हो । गुल्मी सहित गृहले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

जस अनुसार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलाले ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् ।

यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको छ ।

महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई झुम्का कारागार सुनसरी, गुल्मीका प्रजिअ भरतकुमार शर्मा र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको छ ।

डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरिएको छ ।