चैत्र १६, २०८० शुक्रबार

आज फेरी ह्वात्तै बढ्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २ सयमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८ सय ५० रुपैयाँले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त सुन आइतबार प्रतितोला ९३ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला आज एक हजार ३ सय २० रुपैयाँमा कारोवार भएको छ । आइतबार चाँदी एक हजार २ सय ८० रुपैयाँमा कारोवार भएको थियो ।