बैशाख ८, २०८१ शनिबार

फिल्मको पोष्टर आएपछि मानिसले दुःख दिएको भन्दै अभिनेत्री आलिया भाट बिरुद्ध मुद्धा



सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘गंगूबाई काठियावाडी’ शूटिङ पूरा हुनु अगाडि नै विवादित बनेको छ ।

यो फिल्ममा मुम्बईको माफिया क्विन र त्यहाँको एक चर्चित वेश्यालयकी मालिक्नी रहेकी गंगूबाईको जीवनमा आधारित छ ।

यसैबीच अभिनेत्री आलिया भाट र निर्देशक सञ्जय लीला भन्साली विरुद्ध केस दर्ता भएको हो । बाबूजी रावजी शाहले उनीहरुविरुद्ध केस दर्ता गराएका हुन् ।

शाहले जब फिल्मको पोस्टर्स र प्रोमो आयो तब उनको क्षेत्रका मानिसले उनलाई दुख दिन थालेको आरोप लगाएका छन् । यसकै कारण उनले आफ्नो एक खुट्टा फ्याक्चर भएको समेत बताएका छन् ।