बैशाख ९, २०८१ आईतबार

सीता दाहाललाई भेट्न अर्थमन्त्री पौडेल र नेम्वाङ्ग अस्पतालमा, प्रचण्डलाई ओलीको फोन



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर बिरामी परेर मेडिसिटी अस्पतालमा भर्ना भएकी नेकपा नेतृ सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन्।

बुधबार साँझ प्रचण्डलाई फोन गर्दै ओलीले सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘दुवै नेता मेडिसिटी पुगेर स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीले पठाएको स्वास्थ्यलाभको कामना सुनाउनुभयो । प्रधानमन्त्री स्वयंले पनि प्रचण्डलाई फोन गरेर स्वास्थ्यलाभको कामना गर्नुभयो’, महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले भने ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ।

सीता दाहाललाई केही वर्षदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) को समस्या छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

पढ्नुहाेस् : सीता दाहालको स्वास्थ्यमा समस्या,अवस्था खतरामुक्त