बैशाख ९, २०८१ आईतबार

अब स्थानीय तहका कर्मचारी अन्तर प्रदेश र अन्तर स्थानीय तह सरुवा हुन पाउने



काठमाडौँ-  अब समायोजन भएका कर्मचारीले अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने भएका छन् । अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने गरी गत भदौमा मन्त्रिपरिषदले तीतिगत निर्णय गरेपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस खालको सरुवाका लागि गृहकार्य गरेको हो ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख एंव सहसचिव राजिब पोख्रेलले मन्त्रिपरिषदको निर्णयलाई आधार मानेर मन्त्रालयले अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने गरी मापदण्ड निर्माण अन्तिम चरणमा पुगेको बताए ।

नयाँ मापदण्डले संघमा समायोजन भएका कर्मचारीलाई स्थानीय र प्रदेशमा जान बाटो खुल्ला हुन्छ । कर्मचारी समायोजन पछि पनि सेवा प्रवाह गर्न असहज भएको कर्मचारीलाई पायक पर्ने कार्यालयमा समायोजन हुन मिल्ने गरी प्रशासनिक संघियतालाई सबल बनाउन मन्त्रालयले मापदण्ड निर्माण अन्तिम चरणमा पु¥याएको हो ।

हाल प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अन्तर प्रदेश र स्थानीय तहमा जान पाउने व्यवस्था छैन ।

अन्तर प्रदेश तथा अन्तर पालिका सरुवा हुन नपाउँदा कतिपय कर्मचारीलाई व्यक्तीगत रुपमा समेत असहज भएको र त्यसो हुदाँ सेवा प्रवाहमै समस्या भएपछि समायोजन कार्य सहज बनाउने गरी नयाँ मापदण्ड निर्माण गर्न लागिएको पोखरेलले जानकारी दिए । उनले भने “नयाँ निर्माण हुन लागेको मापदण्डले संघमा थुप्रिएका कर्मचारीको स्थानीय र प्रदेश तहमा आकर्षण बढ्नेछ ।”

कर्मचारीको समायोजनका क्रममा संघमा ४९ हजार कर्मचारीको दरबन्दी कायम भएको थियोृ । त्यस्तै स्थानीय ६७ र प्रदेश तहमा २२ हजार ५ सय दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ ।

संघमा भन्दा प्रदेश र स्थानीय तहमा कर्मचारीको तलब धेरै भएकाले अवकाश हुनुअघि तल्लो तहमा समायोजन हुदाँ उनीहरुको निवृत्तिभरण बढ्छ ।