चैत्र १६, २०८० शुक्रबार

‘मिस यूनिभर्स नेपाल २०२०’ को ताज अन्शिका शर्मालाई



काठमाडौं– ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि २४ वर्षिय अन्शिका शर्माले जितेकी छिन् । अष्ट्रेलिया निवासी शर्माले होण्डा नेपालको प्रस्तुती मिस यूनिभर्स नेपाल २०२० को उपाधि जित्न सफल भएकी हुन् ।

१० लाख नगद पुरस्कार र अपला ज्वेलर्सको तर्फबाट क्राउन जित्नुका साथै मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्ने छिन्, जुन २०२१ को अप्रिल वा मे महिनामा हुनेछ ।

यसैगरी प्रतियोगितामा फर्स्ट रनरअपको उपाधि सुजिता बस्नेतले जितिन भने सेकेन्ड रनरअपको उपाधि नीना कान्त मण्डलले हात पारिन् । प्रतियोगितामा थर्ड रनरअप बनिन् दिक्ता थापा र न्यान्सी खड्काले उपविजेताको उपाधि हात पारेकी छिन् ।

त्यसैगरी, नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफुलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरे ।

भर्चुअल तालिम र प्रतिस्पर्धा पश्चात् मिस यूनिभर्स नेपाल २०२० को फिनाले काठमाडौंको मेरिएट होटेलमा सम्पन्न भएको हो । ब्रेभ, बोल्ड एण्ड ब्यूटिफुल प्रा।लि।द्वारा आयोजित मिस यूनिभर्स नेपाल २०२०, पहिलो मिस यूनिभर्स नेपालद्वारा स्वतन्त्ररुपमा पूर्व मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठका साथ राष्ट्रिय निर्देशककोरुपमा आयोजित गरिएको थियो ।