चैत्र १५, २०८० बिहीबार

नयाँ वर्षको दिन हेर्नुहोस् तपाईँको राशिफल



विसं. २०७७ साल पौष १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वितीया, ०६ घडी ०३ पला, बिहान ०९ बजेर २२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–तिष्य, ३४ घडी ०८ पला, बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त अश्लेषा ।

योग–वैधृती, १८ घडी ४९ पला, दिउँसो ०२ बजेर २८ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर, बिहान ०९ बजेर २२ मिनेट उप्रान्त वणिज, बेलुकी ०९ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २५ घडी ५५ पला । सन् २०२१ आरम्भ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा मौसमको ख्याल गर्नुहोला, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहलहैमा लागेर आफ्नो संस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ । अध्ययनमा अली बढी समय खर्चिय नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । तरपनि पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैयाँ पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइ तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वासघात हुनसक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागी केही समय पर्ख हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । फेसनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुको नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउनेछ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्यामा अरुलाई पछी पारेर अगाडी बढ्ने समय रहेको छ । स्वास्थ्य सम्बन्धि सानातिना समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुका साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै – धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छन् । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । तरपनि अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरीको यात्रा तय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्यक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नीबीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँड्हरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पति पत्नीका साथ रमाईलो व्यावसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडी तपाईंको नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवनयापन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानातिना काममा समय व्यतित हुँदा महत्वपूर्ण कामहरु थाती रहनेछन् । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला, समय मध्यम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला, काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले केहि दिनको लागि पछि सार्नु उपयुक्त हुनेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा भने आउने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा ध्यान जानेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछन् भने छोरा छोरीको कामदेखि प्रशन्न हुने समय रहेको छ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेको छ । समुदायको हितको काम गरी समाजमा नाम कमाउन सकिनेछ । वौद्धिकताको प्रयोग गरी विशिष्ट व्यक्तिहरुलाई बसमा पार्न सकिनेछ ।