बैशाख ७, २०८१ शुक्रबार

साउदी महिलाले आफ्नो नाम आफै परिवर्तन गर्न पाउने, महत्वपूर्ण कानून खुकुलो बनाइयो



एजेन्सी । साउदी अरबका महिलाहरुले अबदेखि आफ्ना आमाबुबाको स्वीकृति बिना नाम परिवर्तन गर्न पाउने भएका छन् ।

शुरुदेखि नै निकै कडा रहेको इस्लामिक मुलुक साउदीमा हालैमात्र एउटा महत्वपूर्ण कानून खुकुलो बनाएपछि महिलाहरुले अब आफ्नो नाम परिवर्तन गर्ने अधिकार आफैंमा निहित हुने भएको हो ।

यसअघि महिलाको नाम परिवर्तन गर्दा अनिवार्य रुपमा परिवारको अनुमति लिनुपर्ने व्यवस्था थियो । आइतबार साउदी अरबको गृहमन्त्रालयले यसबारेमा जानकारी दिादै जारी गरिएको नयाँ कानून अन्तर्गत अब महिला वा पुरुष जो सुकैले आफुसँग सम्बन्धित डाटा स्वत परिवर्तन गर्न सक्ने बताएको छ । सुरु सुरुमा केवल पुरुषहरुलाई मात्र घरका अभिभावकहरुको अनुमति बिना त्यो गर्ने अधिकार थियो ।

यसअघि सन् २०१८ मा साउदीमा महिलाहरुले चालक बन्न पाउने अधिकार प्राप्त गरेका थिए । साथै त्यसअघि पहिलोपटक महिलाहरुलाई पुरुष अभिभावकहरुविना एक्लै घुम्न अनुमति दिइएको थियो । साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भिजन २०३० को सुरुवात गरेका छन् ।

यस अन्तर्गत साउदी अरेबियाको तेलमा निर्भरता कम गर्ने प्रयास भैरहेको छ । साउदीले अब तेल अर्थव्यवस्थाको ट्याग हटाउन विश्वव्यापी पर्यटकहरुको लागि आफ्नो ढोका खोल्ने तयारी गरिरहेको छ । यसैका लागि उनी विश्वभरका महिलाहरुप्रति आफ्नो कडा छविबाट बाहिर निस्कने प्रयास गरिरहेका छन् ।