बैशाख ८, २०८१ शनिबार

चर्चित अभिनेत्री मनीषा कोईराला आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडर



चर्चित  बलिउड अभिनेत्री मनीषा कोइराला आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा नियुक्त भएकी छिन् । निर्जीवन बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्सले आगामी तीन वर्षका लागि कोइरालालाई ब्रान्ड अम्बासडर नियुक्त गरेको हो ।

कोइराला ब्राण्ड अम्बासडर नियुक्त भए पछि उनको सहकार्यले कम्पनीको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए ।

नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने श्रेष्ठले जानकारी गराए ।

साथै नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाएकोमा खुसि पनि व्यक्त गरे ।

मनिषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको बताइन् । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो ।