चैत्र १६, २०८० शुक्रबार

२७ वाणिज्य बैंकमध्येकी एक्ली सिइओ, कति खान्छिन् तलब ?



काठमाडौ-  नेपालका २७ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मध्ये एकमात्र महिला सीइओ अनुपमा खुञ्जेलीले  १ करोड ७० लाख रुपैयाँ तलब भत्ता बुझ्ने गरेकी छन् ।

उनी सीइओ रहेकाे मेगा बैंकका अनुसार तलव तथा भत्ता र अन्य सुविधा समेत जाेडेर खुञ्जेलीले वार्षिक १ करोड ७० लाख रुपैयाँ बुझ्ने गरेकी हुन् ।

बैंकको जागिर निकै नै आकर्षक मानिन्छ । त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भनेपछि त मानसम्मान र पैसा पनि मालामाल हुन्छ ।

त्यसैले पनि बैंकिङमा करियर बनाउनेहरुको जमात निकै ठूलो छ । वार्षिकरुपमा करोडौं तलबभत्ता पाइने भएपछि सीइओको जागिर आकर्षक त हुने नै भयो ।

नेपालमा आकर्षक तलव सुविधाका जागिरमा पुरुषको मात्रै बर्चस्व छ । तर खुञ्जेलीकाे आकर्षक तलब भत्ता सहितकाे सम्मानित पद महिलाका लागि र प्रेरणादायी छ ।

स्नात्तकोत्तर अध्ययन गर्दागर्दै ०४८ सालमा तत्कालीन ग्रिनलेज बैंक हालको स्टाण्डर्ड चार्टर्ड बाट बैंकिङ करियर शुरु गरेकी उनी हाल मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा कार्यरत छिन् ।

२९ वर्ष बैंकिङ क्षेत्रमा बिताइसकेकी खुञ्जेली मुलुकको इतिहासमै प्रथम महिला सीइओ खुञ्जेलीले सीईओ भएर काम गरेको तीन वर्ष पुग्न लागेको छ ।

मेगा बैंकको सञ्चालक समितिबाट ०७५ वैशाखमा बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त उनी निजी क्षेत्रको वाणिज्य बैंकको इतिहासमा नै पहिलो कार्यकारी प्रमुख हुन् ।

खुञ्जेली गत वर्ष उत्कृष्ट महिला व्यवस्थापक समेत बन्न सफल भएकी थिइन् । उनलाई नेपाल व्यवस्थापन संघले ‘बेष्ट वुमन म्याजेजर अफ दि इयर’को रुपमा सम्मानित गरेको थियो ।

खुञ्जेली संगै त्यतिबेला हालका नविन बैंकका सीइओ अनिलकेशरी शाह र मेगा बैंकका डेपुटी सिईओ रविना देशराज श्रेष्ठले पनि आफ्नो करिअर शुरुवात गरेका थिए ।

त्यसपछि खुञ्जेलीलाई कहिल्यै पछाडी फर्केर हेर्नु परेन । अहिले मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीलाई प्रदान गर्छ।