चैत्र १६, २०८० शुक्रबार

बलिउडका सबैभन्दा धनी ५ अभिनेत्री, सम्पत्ति २० देखि ३५ मिलियन



एजेन्सी- एउटै फिल्मबाट करोडौं कमाउने बलिउडका हिरोइन फिल्मको साथसाथ दोस्रो कारोबारमा पनि जोडिएका छन । जहाँबाट उनीहरूको कमाई हुन्छ । उनीहरु हिरोइनहरु हिरोभन्दा कम छैनन् । उनीहरूले लिने पारिश्रमीक पनि हिरोको भन्दा कम हुदैन् । हेरौं कत्ति छ त यी पाँच अभिनेत्रीहरुको सम्पत्ति ?

ऐश्वर्या राय बच्चन
आफ्नो शुन्दरताले विश्वभर परिचित ऐश्वर्या राय बच्चन ३५ मिलियन डलरकी मालिक्नी हुन् । उनको साथमा आज पनि कतिपय डाइरेक्टर फिल्म बनाउन मरिहत्ते गर्छन् । उनी कैयौँ इन्डोर्समेन्ट पनि गर्छिन् ।

माधुरी दिक्षित
९० को दशकमा बलिउडमा राज गरेकी माधुरी दिक्षित पनि ३५ मिलियन डलरकी धनी हुन् । माधुरी आज पनि एउटा फिल्मको लागि ४ करोड लिन्छिन् ।

प्रिति जिन्टा
प्रिति जिन्टाको ३० मिलियन डलरको सम्पत्ति छ । उनी फिल्मबाट अहिले टाढा छिन् । तर, पनि उनी पञ्जाव किङ्को हाकीम हुन ।

अमिशा पटेल
फिल्म कहोना प्यार हे बाट फिल्ममा पाइला टेकेकी अमिशा पटेल ३० मिलियन डलरकी धनी हुन् । उनले १ सय ५० फिल्ममा काम गरिसकेकी छन् । उनको आफ्नो प्रोडक्सन हाउस पनि छ ।

दिपिका पादुकोण
२००७ बाट फिल्म करियर शुरु गरेकी दिपिका पादुकोणको २० मिलियन डलर सम्पत्ति छ । आजकालकी सबैभन्दा बडी पारिश्रमीक लिने अभिनेत्री पनि हुन् ।