बैशाख १२, २०८१ बुधबार

गौरिकालाई १५० सीसीको पल्सर, वर्षकै उत्कृष्ट महिला खेलाडी



काठमाडौँ – पौडीबाज गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी घाेषणाा भएकी छन्।

मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उनी उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भएकी हुन् ।

उनले १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी  थिइन् ।

उत्कृष्ट खेलाडी घाेषित उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।

१७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्‍ने खेलाडीको कीर्तिमान गौरिकाको नाममा छ ।

यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

थप पढ्नुहाेस्