बैशाख ८, २०८१ शनिबार

सागमा पहिलाे स्वर्ण दिलाएका गीता र सिजरिन पल्सर लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित



काठमाडौँ– पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरिएको हो ।

उनीहरुले १९९१ मा भएको पाँचौ संस्करणको दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक दिलाएका थिए । महिलाकातर्फबाट स्वर्ण पाएको त्यो पहिलोपटक थियो ।

याे पनि