बैशाख १२, २०८१ बुधबार

पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकाे महिला भलिबल टिम : यो वर्षको पल्सर टिम अफ दि इयर



काठमाडौँ। यो वर्षको ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६’ मा राष्ट्रिय महिला भलिबल टोलीले वर्षको उत्कृष्ट टीमको अवार्ड पाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको अवार्ड कार्यक्रममा महिला भलिबल टीमले उक्त अवार्ड जित्न सफल भएको हो।

राष्ट्रिय महिला भलिबल टोली गत वर्ष २ ठूला ऐतिहासिक उपलब्धि हासिल गरेको टिम हो ।

सो टोलीले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्णपदक जितेको थियो। त्यो स्वर्ण नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो।

ढाकाको मिरपुरस्थित शहीद शुरवार्दी इन्डोर हलमा सम्पन्न च्याम्पियनसिपमा एक सेट पनि नगुमाएको नेपालले अपराजित यात्रा पार गर्दै सो टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो।

त्यसअघि २०१४ मा दक्षिण एसियाली खेलुकद प्रतियोगितामा जितेको काश्य पदक नै महिला भलिबल टीमले जितेको सबभन्दा ठूलो उपलब्धि थियो।

यस्तै मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले रजत पदक जितेको थियो।

३७ वर्षे साग इतिहासमा नेपाली महिला टोलीले रजत पदक जितेको त्यो पहिलो हो। नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै स्वर्ण पदकबाट चुकेको थियो। नेपालले कुनैपनि प्रतियोगितामा भारतलाई सेटले हराएको पनि पहिलो पटक हो।

सोही सफलताका कारण अरुणा शाहीको कप्तानीमा रहेको महिला टोली गत वर्ष एफआइभिबीको विश्व वरीयताको ८६ औं स्थानमा उक्लिन सफल भएको थियो।

थप पढ्नुहाेस्