चैत्र १५, २०८० बिहीबार

कुन राशिका लागि आजको दिन शुभ ?



वि.सं. २०७७ साल पौष २९ गते । बुधबार । इस्वी सन् २०२१ जनवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–औँशी, ०८ घडी ४१ पला, बिहान १० बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराषाढा, ५८ घडी ०९ पला । योग–हर्षण, ४५ घडी ४६ पला, रातको ०१ बजेर १६ मिनेट उप्रान्त बज्र ।

करण–नाग, बिहान १० बजेर २६ मिनेट उप्रान्त किंस्तुध्न, बेलुकी ०९ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–धनु, मध्यान्ह १२ बजेर ३१ मिनेट उप्रान्त मकर । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेटमा । दिनमान २६ घडी १४ पला । स्नानदानका लागि औँशी, गयामौनी र पौषी औँशी, वेत्रावति, विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण हलोबार्ने ।

मेष (चू, चे, चो, ला, लि, लु ले, लो, अ) साङ्गितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनेजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । बिहानको समयमा यात्रा गर्दा विशेष ध्यान दिनुहोला ।

बृष (ई, ऊ, ए, ओ, वा, वि, वु वे, वो) समुदायको हक हितको निम्ति काम गर्ने अवसर आए पनि असजिला परिस्थितिको सामना गर्नुपर्नेछ । पढाइलेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि भनेजस्तो आम्दानी नहुँदा मन दु:खी हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भए पनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्य आम्दानी हुनेछ । रमाइलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यकताहरू पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपार्ईंको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे) बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । विद्यामा सफलता पाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपार्ईंले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेटसम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) बिहानको समय राम्रो रहेकोले छोटो दूरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले सहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वाससम्बन्धी समस्या आउन सक्छ । अरूकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेको छ । आफन्त तथा मनपर्ने साथीका साथ छोटो, रमाइलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनुपर्नेछ । बिहानको समयमा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) बिहानको समय राम्रो रहेकोले समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरु तपार्ईंदेखि टाढिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पश्चाताप हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) आफूसँग भएका स्रोत साधनहरुलाई सही रुपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अङ्क ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइसँगै रहेर मीठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । तर पनि स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची) आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । विद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्य धन आर्जन गर्न सकिनेछ ।