बैशाख ३, २०८१ सोमबार

नासुको आवेदन खुल्यो, ६२ महिला सहित ४१२ जना माग (फर्म भर्ने तरिका सहित विस्तृत विवरण)



लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बा) को परिक्षाका लागि आवेदन आह्वान गरेको छ । आयोगले बुधबार देशभरका विभिन्न कार्यालयबाट ६२ जना महिला सहित ४१२ जनाको लागि आवेदन आह्वान गरेको हो ।

जसमध्ये धनकुटाबाट महिला ७ जना सहित ४७ जना, जलेश्वरबाट ८ महिला सहित ४९ जना, काठमडौंबाट २३ महिला सहित १५१ जना, पोखराबाट ७ महिलासहित ५२ जना, बुटवलबाट ७ महिलासहित ५३ जना, सुर्खेतबाट ३ महिलासहित २३ जना र दिपायलबाट ७ महिला सहित ३७ जनाका लागि आवेदन आह्वान गरिएको नारीखबर छ ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु ४ सय र समावेशी तर्फ आवेदन दिन चाहनेले थप समूहका लागि रु २ सय तिरेर आवेदन गर्न सकिने लोकसेवाले जनाएको छ । आवेदन अनलाइनबाट गर्न सकिने छ तर दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आई.एम.ई. बैंक, एन.आइ.सी. एशिया बैंक, कुमारी बैंक मध्ये आफूलाई पायक पर्ने बैंकबाट बुझाउनु पर्ने छ ।

कसरी पैसा तिर्ने र फारम भर्ने ?

आयोगको अनलाईन दरखास्त प्रणालीबाट फर्म submit गरेपछि Payment Tab को view applied advertisement मा Click गरि आफूले Apply गरेको list मा रहेको “तिर्नुहोस्” Link मा Click गर्ने ।  त्यसपछि देखिने शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाउने ।

त्यसपछि देखिने राष्ट्रिय वाणिज्य बैंक/ग्लोबल आई.एम.ई. बैंक/एन.आइ.सी. एशिया बैंक/कुमारी बैंक मध्ये आफूलाई पायक पर्ने कुनै एक बैंकमा क्लिक गर्नु पर्नेछ । सो पश्चात अनलाइन वा बैंक भौचर मध्ये आफूले भुक्तानी गर्ने कुनै एक विधि छनौट गरिसकेकपछि तलका विकल्पहरुबाट दरखास्त दस्तुर बुझाउन सकिनेछ ।