चैत्र १५, २०८० बिहीबार

आधा झुटोको आडमा कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन



सुखी वैवाहिक जीवनका लागि श्रीमान्–श्रीमती एक अर्काप्रति पूर्ण रुपमा इमान्दार हुनुपर्छ । यदि यो सम्बन्धमा सानो बेइमानी भयो भने पनि सम्बन्ध बिग्रन सक्छ ।

दुबैले एक–अर्काको सुखमाथि ध्यान पुर्याउनु पर्छ । जीवनमा थुप्रै पटक श्रीमान् श्रीमतीले एक अर्काको खुसीका लागि आफ्ना इच्छा त्याग्नुपर्ने हुन्छ । यस्तौ स–साना त्यागमा वैवाहिक जीवनको सफलता लुकेको हुन्छ ।

वैवाहिक जीवनसँग जोडिएका अन्य केही विचार ।

‘जसको वैवाहिक जीवन सुखी हुँदैन, उनीहरुको परिवार कहिले पनि सुखी हुन सक्दैन ।’

‘विवाहमा इमान्दारिता अत्यधिक आवश्यक छ । आधा साँचो र आधा झुटोको आडमा कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन । श्रीमान्–श्रीमती सधैं इमान्दार रहनुपर्छ ।

‘एक सफल वैवाहिक जीवनको अर्थ हो – लगातार एकै व्यक्तिसँग प्रेम गरिरहनु ।’

‘वैवाहिक जीवनको सफलता श्रीमान्–श्रीमतीद्वारा गरिएको स–साना त्यागमा निर्भर हुन्छ ।’