चैत्र ६, २०८० मंगलबार

अब १६ वर्ष पुगेपछि नेपाली सेनाका सिपाहीको पेन्सन !



काठमाडौँ – नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ ।  सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ ।

सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ ।

सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् ।

नेपाली सेनाका सिपाइहरुले बिगत १७ वर्षदेखि पेन्सनको अवधि घटाउनुपर्ने माग राख्दै आएका थिए । यो संसोधनसँगै नेपाली सेनामा कार्यरत तल्लो तहमा कार्यरत सिपाहीलाई राहत पुगेको छ ।

यसैगरी, सेहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार,  प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।