चैत्र १५, २०८० बिहीबार

कार्यक्रम राष्ट्रपति र उपराष्ट्रपतिको सपथ ग्रहण : चर्चा पप स्टार लेडी गागाको



लेडी गागा, धेरैले सुनेको नाम हो । किनकी उनको चर्चा पप स्टारको रुपमा निकै छ । तर देशको बुधबार अमेरिकामा देशकै राष्ट्रपति र उपराष्ट्रपतिको सपथ ग्रहण समारोहमा समेत उनको चर्चा चुलिएको छ ।

किनकी गायिकाले आफ्नो भिन्न शैलीमा प्रस्तुती दिइन् । अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको सपथ ग्रहण समारोहमा गागाले राष्ट्रगान गाएकी थिइन् ।

उनले बुलन्द आवाजमा जब अमेरिकाका राष्ट्रगान गाइन् तब सबैले उनलाई मात्रै हेरिरहे ।

सपथ समारोहमा लेडी गागाको लुकको पनि निकै चर्चा रह्यो । गायिकाको पहिरनको पनि धेरैले चर्चा गरे ।

गायिकाले आफ्नो पहिरनमा परेवाको ब्याच पनि लगाएकी थिइन् । लेडी गागाले यसलाई शान्तिको प्रतिकको रुपमा यसलाई लगाएकी थिइन्।

उनले सोसल मिडियामा यो ब्याचको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘जैतुनको हाँगासहित एउटा परेवा।’

गायिकाको हेयरस्टाइलले पनि धेरैको ध्यान खिचेको थियो । उनले आफ्नो कपालमा कालो रङको रिबन लगाएकी थिइन् । यस्तै गागाको रातो रङको लिपस्टिकले पनि उनको सुन्दरतालाई बढाएको थियो ।