चैत्र १५, २०८० बिहीबार

सम्झाैता गरेका फिल्म किन छाड्छिन् बर्षा : अहिले सम्म ४ चलचित्र छाडिन्



एक वर्ष अघि सम्झौता गरेको चलचि ‘सदूर’बाट वर्षा सिवाकोटी बाहिरीएकी छन् । सुटिङ्गको तयारीमा रहेको बेला वर्षाले चलचित्र छाडेको निर्देशक रमेश बुढाथोकीले बताए ।

‘उहाँसँग काम गर्नेगरि हामीले १ वर्ष अघि नै सम्झौता गरेका थियौं ’, उनले भने, ‘तर, किन छाड्नु भयो उहाँलाई नै सोधौं ।’

अघिल्लो सालको जाडो अगावै सुटिङ गर्ने चर्चा भएपनि विविध कारणले रोकिएको फिल्म वर्षाले सुटिको तयारी चलेको बेला छाडेकी हुन् । फिल्मको बाँकी कुराको टुंगो नभएकाले यो विषयमा पछि मात्र बोल्ने बुढाथोकीले बताए ।

त्यसो त वर्षाले छाडेको यो पहिलो फिल्म भने होइन । यो सँगै उनले छाडेको चलचित्रको संख्या ४ पुगेको छ । शुरुमा ‘मेरो पैसा खोई’ सिवाकोटीले त्यसपछि ‘रानीमहल’ र ‘गोपी’ पनि साइन गरेर छाडेकी छन् ।

रोज राणाको फिल्म ‘मेरो पैसा खोई’ सुरुमा वर्षाले साइन गरेका समाचार आएका पनि पछि उनले छाडेपछि उनको ठाउँमा वर्षा राउतले सो फिल्ममा अभिनय गरेकी थिइन् ।

त्यस्तै पाँचतारे होटलमा धुमधामसित घोषणा भएको ‘रानीमहल’ को वर्षाले खुबै बखान गरेकी थिइन् । तर, पछि सुटिङमा जानु अगावै उनले फिल्म छाडिन् । उनले छाडेको भूमिका निकिता चाण्डकले गरेकी थिइन् । भलै त्यो फिल्म बीचैमा अड्कियो ।

चलचित्र ‘गोपी’ पनि उनले साइन गरेसकेपछि छाडेकी थिइन् । उनले छाडेको ठाउँमा फेरि वर्षा राउतले नै अभिनय गरेकी थिइन् । वर्षाले कहिले भूमिका चित्त नबुझेको त कहिले भनेको समयमा सुटिङ नभएको भन्दै फिल्म छाड्ने गरेकी छिन् ।