चैत्र १५, २०८० बिहीबार

संसारकै राम्री मोडलको आफूभन्दा १७ वर्ष जेठा अर्बपति सँग डेट



संसारकै सबैभन्दा राम्री युवतीले आफूभन्दा १७ वर्ष जेठा अर्बपति सँग डेट गरिहेको खुलासा गरेकी छन् ।

इजरायलकी १९ वर्षकी मोडल येल शेल्बियाले ३६ वर्षीय ब्रेण्डन कोर्फसँग डेट गरिरहेको खुलासा गरेकी हुन् ।

टीसी क्यालेन्डरको वार्षिक लिस्टमा १०० सबैभन्दा राम्री युवतीको लिस्टमा उनी पहिलो स्थानमा छिन् ।

इन्स्टाग्राममा उनका फलोअर्स १ मिलियन भन्दा धेरै छन् । जसका कारण पनि उनी चर्चामा रहन्छिन् ।

येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको थियो ।

उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी थिइन् ।

अहिले उनी ३६वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् ।

ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनको नाति हुन् ।