चैत्र १६, २०८० शुक्रबार

एकैपटक १८ महिला उपसचिवमा सिफारिस (नामावाली सहित)



काठमाडाैं । लोक सेवा आयोगले लिएको परिक्षाबाट ८३ जना उम्मेदवार राजपत्राकिंत द्वितीय श्रेणी (उपसचिव)मा सिफारिस हुँदा १९ जना महिलाले नाम निकाल्न सफल भएका छन्।

आयोगले सामान्य प्रशासन, लेखापरिक्षण, व्यवस्थापिका संसद तथा न्याय सेवा अन्तर्गतका विभिन्न समूहमा ८३ जनाको नाम सिफारिस गरेकोमा १९ जना महिलाले नाम निकाल्न सफल भएका हुन् ।

आयोगले हिँजो १३ माघमा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा नयाँ नियुक्ति  तथा बढुवा का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।

आयोगका अनुसार आन्तरिक प्रतियोगिताबाट नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा ५ जना, राजश्व समूहमा १, लेखा परिक्षण सेवामा १, न्याय सेवा अन्तर्गत न्याय समूहमा १, सरकारी वकिलमा २ जना महिला सिफारिस भएका छन् ।
त्यस्तै खुला प्रतिस्पर्धाबाट प्रशासन सेवा, सामान्य प्रशासन समूहमा खुलामा १, महिलामा ४ गरि ५ जना,  न्याय समूहमा २, कानून समूहमा १, सरकारी वकिल (महिला)मा १ जना  महिला सिफारिस भएका छन् ।

आन्तरिक प्रतिस्पर्धा अन्तर्गत सामान्य प्रशासन सेवा, सामान्य प्रशासन समूहमा वीरेन्द्रनगर–८, सुर्खेतकी पूर्णिमा उपाध्याय, वार्लङ्ग–११, स्याङ्जाकी कोमल पराजुली, महालक्ष्मी–४, धनकुटाकी शारदा भण्डारी, सन्धिखर्क ७ अर्घाखाँचीकी सिर्जना शर्मा, तिलोत्तमा १४ रुपन्देहीकी तारा ज्ञवाली सिफारिस भएका छन् ।

राजश्व समूहमा लालबन्दी ३ सर्लाहीकी बिमला अधिकारी, लेखापरिक्षण सेवामा मदाने ३ गुल्मीकी कल्पना अर्याल पोख्रेल सिफारिस भएका छन् ।

नेपाल न्याय सेवा अन्तर्गत न्याय समूहमा चाँगुनारायण ३ भक्तपुरकी इन्दिरा कार्की, सरकारी वकिल समूहमा धुर्कोट ५ गुल्मीकी सविता शर्मा र मालिका ८ गुल्मीकी मुना पौडेल सिफारिस भएका छन् ।

त्यस्तै खुला प्रतियोगितात्मक परिक्षाद्वारा सामान्य प्रशासन तर्फ खुलामा  मन्थली १ रामेछापकी सुनिता घिमिरे र महिलामा गोदावरी ६ कैलालीकी किरण जोशी, मध्यपुर ठिमी ७ भक्तपुरकी नीता शर्मा, पोखरा ३३ कास्कीकी सीता दुवाडी र माडी ६ चितवनकी सविता अर्याल सिफारिस भएका छन् ।

न्याय सेवाको न्याय समूह खुलामा कानेपोखरी ७ मोरङ्गका शारदा फुयाल, आदिवासी जातीमा चौदण्डी १० उदयपुरकी देवकुमारी चौधरी कानून समूहमा मालिका ८ गुल्मीकी विमला पौडेल, सरकारी वकिल समूहमा औरही ८ महोत्तरीकी निमा घिमिरे सिफारिस भएका छन् ।