बैशाख २, २०८१ आईतबार

उपसचिवकाे नतिजा : गुल्मीका मात्रै ८ जना, अर्घाखाँची र स्याङ्जाबाट ६/६ जना सिफारिस



काठमाडाैं – लोकसेवा आयोगले मंगलबार सिफारिस गरेका ८३ जना उपसचिव मध्ये एउटै जिल्लाबाट ८ जनाले नाम निकाल्न सफल भएका छन् ।

आयोगले खुल्ला तथा आन्तरिकतर्फ लिएको परिक्षाबाट उपसचिवमा नाम निकाल्न सफल भएका मध्ये ८ जना गुल्मी जिल्लाबासी सिफारिस भएका हुन् ।

आयोगले लिखित परिक्षा, अन्तर्वार्ता र इन बास्केट एक्सरसाइजको प्राप्ताङ्कका आधारमा हिँजो १३ माघमा ८० जनालाई बढुवा तथा स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको थियो ।

आयोगको सिफारिस सूची अनुसार आन्तरिक तर्फ सामान्य प्रशासन समूहमा सिफारिस ४१ मध्ये गुल्मीका ४ जना, नेपाल लेखापरीक्षण सेवामा १ जना, नेपाल न्याय सेवा अन्तर्गतको सरकारी वकिल समूहमा सिफारिस २ मध्ये दुबै जना गुल्मीका उम्मेदवार छन् । त्यस्तै खुल्ला तर्फ न्याय सेवा कानून समूहमा १ जना गुल्मेली सिफारिस भएका छन् ।

सामान्य प्रशासन समूहमा सिफारिस हुनेमा रामप्रसाद ज्ञवाली रुरु–४, भुवन पाण्डे रेसुङ्गा–१०, बाबुराम घिमिरे, धुर्कोट ७ र खुमलाल भुसाल मदाने २ रहेका छन् । त्यस्तै लेखापरिक्षण सेवामा कल्पना अर्याल पोख्रेल मदाने–३ तथा नेपाल न्याय सेवा अन्तर्गतको सरकारी वकिल समूहमा सविता शर्मा धुर्कोट ५ र मुना पौडेल मालिका ८ रहेका छन् ।

त्यस्तै खुल्ला तर्फ न्याय सेवा कानून समूहमा गुल्मीको मालिका ८ की विमला पौडेल रहेको आयोगले जनाएको छ । त्यस्तै अर्घाखाँची र स्याङजाबाट ६/६ जना, काठामाडौं र भक्तपुरबाट बाट ५÷५ जना, सुर्खेतबाट ४ जना सिफारिस भएका छन् ।

अर्घाखाँचीबाट खुला तर्फ नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा सन्धिखर्क ३ का पुस्कर राना सिफारिस भएका छन् भने आन्तरिक तर्फ मालारानी ४ का वासुदेव खनाल, सितगंगा ६ का सरोजकुमार पोख्रेल, छत्रदेव ७ का कमलप्रसाद पाण्डे, सन्धिखर्क ७ का सिर्जना शर्मा र सन्धिखर्क १ का मातृका आचार्य सिफारिस भएका छन् ।

स्याङजाबाट खुला तर्फ नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा हरिनाश २ का रामबन्धु शर्मा, लेखा समूहमा पुतलीबजार ३ का याम नारायण शर्मा, आन्तरिकतर्फको सामान्य प्रशासन समूहमा वालिङ्ग ११ की कोमल पराजुली, चापाकोट ५ का हुमनाथ पराजुली, भिरकोट २ का अनुप केसी, पुतलीबजार १३ का प्रेम सुवेदी सिफारिस भएका छन् ।

काठमाडौंबाट खुला तर्फ सामान्य प्रशासन समूहमा चन्द्रागिरी १४ का नवराज जैसी, अपाङ्गमा कागेश्वरी मनहरा ७ का लेवनकाश्यप अधिकारी, राजश्व समूहमा काठमाडौं १० का गोविन्दराज आचार्य, आन्तरिक तर्फ टोखा ११ का मेघनाथ रिमाल, कागेश्वरी मनोहरा ८ का अमृतकुमार धिताल सिफारिस भएका छन् ।

आयोगले आप्र तर्फ न्याय सेवा कानून समूह २, सरकारी वकिल समूह २, खुला तर्फ न्याय समूह ३, कानून समूह १, सरकारी वकिल समूह २, प्रशासन सेवामा आप्र तर्फ सामान्य प्रशासनमा ४१, लेखामा २, राजश्वमा ३, आप्रतर्फ नै लेखापरिक्षण सेवामा ३, खुला तर्फ नै नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहमा २०, लेखामा १, राजश्वमा १, खुलाकै लेखापरिक्षण सेवामा १, नेपाल व्यवस्थापिका संसद सेवा अन्तर्गत खुलाको दलित कोटामा १ गरि ८३ जना सिफारिस गरेको छ ।