बैशाख ८, २०८१ शनिबार

महिला लघुवित्तले ४ लाख कित्ता आईपीओ जारी गर्ने



महिला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सर्वसाधारणका लागि आईपीओ जारी गर्न उक्त लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट माघ ८ गते स्वीकृति समेत पाइसकेको छ ।

कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।