बैशाख १३, २०८१ बिहीबार

धेरै नाफा कमाउने पाचौँ नम्बरमा पर्‍यो महिला सीईओले सम्हालेको बैंक



नेपालका २७ बाणिज्य बैंकहरूमध्ये मेगा बैंक चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा धेरै नाफा कमाउनेकाे पाचाैँ नम्बरमा परेकाे छ । मेगाले चालु त्रैमासमा अर्ब ३० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाउँदै धेरै नाफा कमाउने पाचाैं नम्बरमा पर्न सफल भएकाे हाे ।

मेगाले गत वर्ष भन्दा ३५ करोड ४२ लाख रुपैयाँले बढी नाफा कमाएकाे छ। बैंकले चालु आवको दोश्रो त्रैमासमा कमाएकाे नाफा  गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३७.२८ प्रतिशतले बढी हाे । गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा बैंकले ९५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

मेगा नेपालका २७ वाणिज्य बैंकमध्ये महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएको एकमात्र बैंक हो । बैंक नेपालकी पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीको व्यवस्थापकीय नेतृत्वमा रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा खुद नाफा बढेको हो।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६ करोड ७३ रुपैयाँ धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४६ करोड ८९ लाख रुपैयाँ बढेर एक अर्ब ८२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको यस्तो मुनाफा १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। बैंकले यस अवधिमा १ खर्ब २८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यस्तै बैंकको वितरण योग्य मुनाफा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ।

बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १।४९ प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधिमा १।७१ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १५.८० गुणा रहेको छ।