बैशाख १३, २०८१ बिहीबार

महिला लघुवित्तकाे ४ लाख कित्ता आईपीओ माघ २८ गते देखि आउने



काठमाडाैं – महिला लघुवित्तले माघ २८ गतेबाट आईपीओ जारी गर्ने भएको छ । लघुवित्तले प्रति शेयर एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर वितरण हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले गर्ने छ ।

न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीको आईपीओमा फागुन २ गतेसम्म आवेदन दिन पाइनेछ ।आश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर वेवसाइट र एप मार्फत आईपीओमा आवेदन गर्न सकिने जनाइएको छ ।

१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

 

त्यतिबेला ५७ वर्षकी थिइन् ।