चैत्र १६, २०८० शुक्रबार

महिला फुटवलमा दुर्लभ कीर्तिमान : एकै खेलमा भण्डारीको १२ गोल



काठमाडौं । महिला फुटबल स्ट्राइकर सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गर्दै फुटवलमा दुर्लभ कीर्तिमान स्थापीत गरेकी छन् ।

काठमाडौंमा जारी महिला राष्ट्रिय लिगमा उनले सशस्त्र प्रहरी बल (एपीएफ)बाट खेल्दै चौदन्डी नगरपालिकाविरुद्ध गोल वर्षा गरेकी हुन् । एपीएफले चौदन्डीविरुद्ध २२(० को जित हात पारेको छ । एपीएफबाट अनु लामा र अनिता बस्नेतले पनि ह्याट्रिक गरेका थिए ।

एन्फा कम्प्लेम्समा भएको एकपक्षीय खेलमा कप्तान अनु लामाले ५ गोल र अनिता बस्नेतले तीन गोल गरे । यस्तै सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए ।

पहिलो हाफमा एपीएफले १२–० को अग्रता लिएका थियो भने दोस्रो हाफमा १० गोल थपेको थियो । सावित्राले पाँचौ मिनेटमा गोलको खाता खोलेकी थिइन् ।

त्यसपछि उनले एक–एक मिनेटको अन्तरमा लगातार तीन गोल गरिन् । ३२ औं, ३३ औं र ३४ औ मिनेटमा उनले लगातार गोल गरेकी थिइन् । मध्यान्तरअघि ३८ औं मिनेटमा गोल गर्दै उनले व्यक्तिगत गोलसंख्या पाँच पुर्‍याइन् । मध्यान्तरपछिको दोस्रो मिनेटमा नै डबल ह्याट्रिक पूरा गरेकी उनले ५५ औं,६२ औं, ६३ औं, ७२ औं, ७९ औं र इन्जुरी टाइममा गोल गरिन् ।