बैशाख १, २०८१ शनिबार

भागरथी भट्टकाे अनुसन्धानलाई गलत दिशातर्फ नधकेल्न मिडिया वा गैससलाई पूर्वराजदूतको आग्रह



काठमाडाैं – चीनका लागि पूर्व नेपाली राजूत लीलामणि पौडेलले बैतडीकी किशोरी भागरथी भट्टको हत्याकाे घटना अनुसन्धानलाई गलत दिशातर्फ धकेल्ने कार्य नगर्न मिडिया वा गैर सरकारी संस्थालाई आग्रह गरेका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्त तथा सम्झना बिकको ह्त्या अनुसन्धानको घटना स्मरण गराउँदै पूर्व मूख्य सचिव समेत रहेका पौडेलले यस्तो आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा आज बिहानै स्टाटसमार्फत पौडेलले विद्यालयबाट फर्कँदै गरेकी किशोरीको हत्याको घटनाले मर्माहत बनाएको भन्दै छिटो अनुसन्धानकालागि निरन्तर खबरदारी गर्न भने छोड्नु नहुने बताका छन् ।

‘अनुसन्धानलाई गलत दीशातर्फ धकेल्ने कुनै मिडिया वा गैससका अफवाहको विस्तारमा नलागौं। छिटो अनुसन्धानका लागि निरन्तर खबरदारी गर्न भने छोड्नु हुदैन’, पौडेलले लेखेका छन् ।

पौडेलले निर्मला पन्तको अनुसन्धानको कमजोरीबाट सिकेर अपराधी छिटो पत्ता लगाउने अपेक्षा समेत गरेका छन् । ‘नेपाल प्रहरीले निर्मलाको अनुसन्धानको कमजोरीबाट सिकेर अपराधी छिटो पत्ता लगाई हदैसम्मको सजाय दिलाउने छ भन्ने अपेक्षा छ’, पौडेलले भनेका छन् ।

निर्मला पन्त, सम्झना विक लगायतका ह्त्यारा समयमै पक्राउ गरि कारबाही गर्न नसक्दा अपराधिको मानसिकता बढेको हुुनसक्ने उनको ठहर छ । ‘निर्मला पन्तका ह्त्यारालाई दण्ड दिन नसकेको, सम्झना बिकले यस्तै नियति भोगेको र निरन्तर बालिका बलात्कारका घटना घटिरहेको कारण पनि अपर।धीको मनोबल बढेको हुन सक्छ’, पौडेलले लेखेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको बुधबार विद्यालयबाट फर्कँदै गर्दा घर नजिकैको लवलेक जंगलमा बीभत्स हत्या भएको थियो ।

दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने भट्ट बुधबार विद्यालयबाट नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको अबस्थामा खोचलेक–गिरेगडा ग्रामीण सडकबाट करिब ५० मिटर तल झाडीमा शव फेला परेको थियो । कपडा च्या तिएको अवस्थामा भेटिएको उनको शरीरका भित्री कपडामा रगत लागेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै भागीरथीले प्रयोग गर्ने मोबाइल र बोकेको झोला भेटिएको छ भने मृ तक को शरीरमा दाँतले टोकेका घाउ र अन्य चोटपटक पनि छन् ।