बैशाख ६, २०८१ बिहीबार

रु ६५ मा खाना खुवाउने रेष्टूरेण्ट फाइदाका लागि होइन, सेवाका लागि: इशा गुरुङ्ग



काठमाडाैं – सस्तोमा गुणस्तरीय र सफा खाना खुवाउन काठमाडौंको अनामनगरमा रु ६५ मा खाना खुवाउने रेष्टुरेण्ट खुलेको छ । लकडाउनमा काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाएको हाम्रो टीम नेपालले रु ६५ मा खाना खुवाउन थालेको हो ।

निम्न वर्गका मानिसलाई काठमाडौंमा सस्तोमा खाना उपलब्ध गराउन र त्यसबाट भएको कमाइले भोकालाई भोजन गराउनका लागि रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हाम्रो टीम नेपालले जनाएको छ । रेष्टूरेण्ट सञ्चालन गर्न रु २० लाख भन्दा बढी लगानी लागेको हाम्रो टिम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन् ।

पौडेलका अनुसार सादा खाना रु ६५ खान पाइने रेस्टुरेन्टमा सञ्चालनमा दैनिक ८ सयको हाराहारीमा मानिसहरूले खाने गरेका छन् ।खानाका अतिरिक्त दही र मोही पनि पाइन्छ । दही र मोहीको भने छुट्टै मूल्य तिर्नुपर्छ । दहीको २५ र मोहीको २० रुपैयाँ छ।

हाम्रो टीमको रेष्टूरेण्टमा खाना खाँदा एकातिर महंगो मूल्य तिर्न नसक्ने, अर्कातिर न्यून र स्वास्थ्य जोगाउन र गुणस्तरहिन खानेकुरा खानुपर्ने बाध्यतामा रहेका उपभोक्तालाई निके फाइदा पुगेको छ । रेष्टुराँमा सादा खानामात्र पाइन्छ ।

रेष्टूरेण्ट सञ्चालन गर्न यूकेमा रहेकी समाजसेवी इशा गुरुङ्गले सहयोग गरेकी छन् । गुरुङ्गले फाइदाका लागि नभइ सेवाका लागि भएको बताइन् । ‘यो फाइदा भन्दा पनि सबैको लागी भोंको पेट नहोस् भनेर खोलिएको रेष्टुरेन्ट हो , यसबाट जति पनि फाइदा हुन्छ हाम्रो लागी हैन गरीब दुखीको लागी सहयोग गरिनेछ’, उनले भनिन् । कोठामा पकाउन नभ्याउने विद्यार्थी, बिहान दिउँसो नै श्रम गर्ने श्रमिक लगायत न्यून आय हनेहरुदेखि कर्मचारी, बाहिरबाट काठमाडौं आउने आगन्तुक र विदेशी समेत हाम्रो खाना घरमा खाना खान नियमित अउन थालेको हाम्रो टीम नेपालका अध्यक्ष बिमल पन्तले बताए ।