चैत्र १६, २०८० शुक्रबार

कलाकार पुजा गहतराजको सवारी दुर्घटनामा परि निधन



बुटवल– कलाकार पुजा गहतराजको सवारी दुर्घटनामा परि निधन भएको छ । बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको निधन भएको हो ।

ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल चाँदबारी घर भएकी २६ बर्षिया पूजा नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत थिइन्।

उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।

यसैबीच चितवनको रत्ननगर नगरपालिका ९ सिँचाइ गेट अगाडी गएराती ट्रकमा मोटरसाइकल ठोक्किदा धादिङकी २५ वर्षीया दुर्गा मगरको नधिन भएको छ । गएराती साढे १२ बजे ना ५ ख ५६ ७९ नम्बरको ट्रकमा ना ६२ प ८२ ३० नम्बरको मोटरसाइकल ठोक्किएर घाइते भएकी उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।