चैत्र १५, २०८० बिहीबार

बिहे गराइदिने पण्डितसँगै भागिन् दुलही



काठमाडौं । भारतको मध्यप्रदेशमा एक जोडीको विवाह गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो विवाह गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग विवाह गर्न लागेकी थिइन् । त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै विवाह गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।

विवाहपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागेकी थिइन् ।