बैशाख १२, २०८१ बुधबार

भागरथी भट्टको पिछा गर्नेतर्फ अनुसन्धान केन्द्रित, गाउँकै २ व्यक्ति निगरानीमा



काठमाडाैं – बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या गर्ने अपराधी नजिक पुगेको अनुसन्धानमा संलग्न प्रहरीले दाबी गरेको छ । प्रहरीले घटनामा स्थानीय २ जना व्यक्ति उच्च निगरानीमा परेको जनाएको छ । ‘चिनजानकै व्यक्तिबाट भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको हो भन्नेमा प्रहरी अलमलमा छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘भागरथीलाई एकोहोरो पिछा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ।’

अपराधी निश्चित भएकै निश्कर्षमा प्रहरी पुगेको भएपनि अपराधको समय वरपर अपराधीसँग भागरथीको कुनै कुराकानी भएको नपाइएकोले पक्राउ नपरेको प्रहरी स्रोत बताउँछ।  ‘भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको नदेखिएकाेले अनुसन्धान भागरथीको २१ गते अगाडीको क्रियाकलाप तथा काममा पुगेको छ’, स्रोत भन्छ । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको माघ २१ गते, बुधबार ब’ला’त्कारपछि ह’त्या भएको थियो । सनातन धर्म माविबाट फर्केकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा अर्कोदिन बेलुका घरनजिकै स्थानीय लबलेक वनमा श’व भेटिएको थियो।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वकाे टोली भोलिपल्टै घटनास्थल पठाएको थियो। त्यसको अर्को दिन अर्थात् माघ २४ गतेदेखि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डिआइजी उत्तम सुवेदी पनि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारी लगायतका अधिकांश प्रहरी अधिकृत पनि यतिबेला घटनास्थलमै खटिएर अनुसन्धनन गरिरहेका छन्।

निगरानीमा परेका गाउँपालिका भित्रकै दुई जनामध्ये एक जना त्यही दिन भारत गएको अनुसन्धानले देखाएको छ भने अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति रहेको स्रोत बताउँछ। उनलाई भागरथीले केही दिन पहिले आफ्नो आवश्यक कामका लागि भेटेको देखिएको छ। आवश्यक काम गर्ने सार्वजजिक पदधारण गरेका व्यक्तिले कागजात नपुगेको भन्दै झुक्याउने गरेको अनुसन्धानबाट खुलेको छ। भागरथीकी आमाले पनि पनि ति व्यक्तिले दु’ख दिएको बताएकी छन् । ‘उसलाई कहिले हुन्छ हाम्रो काम भनेर छोरीले फोन गरेको एक दिन सुनेकी थिएँ। मोबाइलमा मेरो फोटोहरू पनि लगेकी हो छोरीले’, उनी भन्छिन्, ‘तर, भोलि भोलि भन्दै दैनिक रूपमा भेट्न मात्र बोलाएर काम टार्ने गरेका थिए ।’

ति दुईजनालाई नियन्त्रणमा लिने धेरै आधार भएपनि ठोस प्रमाणबिना पक्राउ गर्ने मुडमा प्रहरी छैन। कारण, कञ्चनपुरकी निर्मला पन्तको घटना जस्तो नगिजोलियोस्। ‘हामी निगरानीमा राखेका व्यक्तिहरू नै अपराधी हुन् भन्ने ठोस प्रमाण खोज्दैछौं’, प्रहरी स्रोत भन्छ, ‘पहिला सूचना दिन नमानेका गाउँलेहरु अहिले सूचना दिन थालेका छन् ।’

कल रेकर्ड र फेसबुकको सबै मेसेज डिलिट
भागिरथीले प्रयोग गर्ने मोवाइलका सबै कल डिटेल र फेसबुक म्यासेज सबै डिलिट भएको भेटिएको छ । उनले एनसेल, एनटीसी र भारतीय मोबाइल चलाउने गरेकी थिइन् । भारतीय नम्बको भारतीय सिमबाट भारतमा रहेका दाईलाई फोन गर्दा सस्तो पर्ने भएकोले दाईसँग मात्र कुरा हुने गरेको देखिएको छ । चडेपानीका अधिकांश स्थानीले भारतीय सिमकार्ड पनि प्रयोग गर्छन । उनको नेपाली नम्बरबाट पनि सो दिन कसैसँग कुराकानी भएको नभेटिएपछि प्रहरीले फेसबुकमार्फत कुराकानी भएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको छ । तर उनले चलाउने भागरथी भट्ट र भूमी भट्ट नामका २ वटा फेसबुक आईडीका म्यासेजपनि डिलिट भएका छन् । यसबाट भागरथीको कुरा भैरहेको थियो भन्ने पत्ता लगाउन कठिन भएको छ। फेसबुक मेसेज हेर्न फेसबुकको मुख्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरी बताउँछ।

भागरथीको सामान्य किप्याड भएको फोन घटनास्थलमै भेटिएको थियो । तर उक्त फोनको ब्याट्री झिकेर फ्याँकिएको छ ।अपराधीले ह’त्यापछि भागरथीको मोबाइलको सम्पूर्ण डाटा डिलिट गरेको हुनसक्ने प्रहरीकाे शंका छ । अपराधीको यो हर्कत हेर्दा अपराधी प्रविधिसँग जानकार र चलाख रहेको बुझिन्छ । यो सँगै कल लग सबै डिलिट गर्नुको कारण भागरथी र अपराधीबीच कुनै न कुनै समयमा मोबाइलमा कुराकानी वा म्यासेज आदनप्रदान थियो कि भन्ने आशंका पनि गरिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार घटना माघ २१ गते अपरान्ह २ देखि ३ बजेको समयमै भएको थियो । किनभने उक्त समयमै भागरथीको मोबाइलको स्वीच अफ भएको थियो । त्यसकारण अपराधीले भागरथीको ब’ला’त्कारपछि ह’त्या गरेलगत्तै मोबाइलको ब्याट्री निकालेर फालिदिएको प्रहरीको दाबी छ । तर घटनास्थल हेर्दा पातलो सल्लाको रुख भएको जंगलमा बनमाराको झाडी पारेर दिउँसै ब’ला’त्कार र ह’त्या गर्न सक्ने सम्भावना ज्यादै न्युन छ ।

त्यसकारण कतै कुनै व्यक्तिले फकाएर वा अपहरण गरेर दिनभर कतै राखेको र साँझ वा रातिको समयमा घर पुराइदिन्छु भन्दै बाटोमै पुनः बलात्कार गरी प्रमाण खुल्ने डरले हत्या त गरिएको होइन आशंका पनि गरिएको छ । भागरथीका काका शिवराज भट्ट पनि अपहरण गरी दिनभर अन्यत्रै ब’ला’त्कार गरेको र साँझ घर पुर्‍याइदिन्छु भन्दै पुनः ब’ला’त्कार गरी ह’त्या गरेको हुनसक्ने बताउँछन् । ‘त्यहाँ भन्दा चार-पाँच सय मिटर पर त फिड बनाउने धेरै मजदूर कार्यरत छन्। सडकमा ट्क्याटर पनि गुडिरहेका हुन्छन्’, भट्टले भने, ‘अपहरणपछि ब’ला’त्कार र त्यसपछि घर पुर्‍याउने भन्दै ह’त्या भएको जस्तो लाग्छ।’