बैशाख १२, २०८१ बुधबार

पञ्जीकरण विभागले माग्यो १ सय जना कर्मचारी



काठमाडाैं – गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण दर्ता अपरेटर पदमा १ सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाल्दै विभागले १ सय जना कर्मचारीका लागि माग गरेको हो । काठमाडौं उपत्यकाबाहिर हरेक वडामा हुने घुम्ति टोलीमा सहभागी भई नागरिकता विवरण संकलन गर्न कर्मचारी आवस्यक परेको विभागले जनाएको छ ।