बैशाख ११, २०८१ मंगलबार

महमा महिला ! व्यवसायिक बनाउन तालिम



लमजुङ राइनास नगरपालिका वडा नं. ९ भैस्वाँरामा रहेका महिलालाई मौरीपालन सम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ ।

राईनास नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा, कृषि ज्ञान केन्द्र लमजुङको सहयोग, वडा कार्यालयको समन्वयमा तालिम प्रदान गरिएको हो । तालिमबाट वडामा रहेका महिलालाई मह वृद्धि गराई आत्मनिर्भर गराउने उद्धेश्य रहेको कृषि शाखा प्रमुख रघुनाथ अधिकारीले बताए ।

मौरीपालक महिलालाई मौरी सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक विधिबाट तालिम प्रदान गरिएको अधिकारीले बताए । तालिममा मौरी बढाउनका लागि मौरीको बच्चालाई वर्षायाममा पोलोन खुवाउनुपर्ने यसले चना, कोदो, मकै, गहुँ, भट्ट मिसाई पेलेर खुवाउन सके राम्रो हुने प्रशिक्षक सिता गैरेले जानकारी दिइन । तालिममा मौरीलाई कसरी रोग लाग्ने र बचाउने उपायहरुको बारेमा जानकारी गराइएको थियो ।

राईनास नगरपालिका ९ का करिब ३० जना महिलाको उपस्थिति रहेको तालिममा प्रति व्यक्ति १ हजार ५ सयका दरले २० जना महिलालाई मौरी सहितको घार वितरण गरिएको छ । उक्त घार वडाअध्यक्ष देबबहादुर थापाले हस्तान्तरण गरेका थिए ।