बैशाख १३, २०८१ बिहीबार

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा २० लाख !



झापा । पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम जम्मा भएको छ । पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।

सोही अक्षयकोषका लागि विािहबार सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख र व्यवसायी मीनप्रकाश मैनालीले रु ५१ हजार १०१ प्रदान गरेका छन् । उनीहरु दुवैले संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उनीहरुले महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले कोषलाई सहयोग गरेको बताए ।

संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायत कार्यक्रमको खर्च कटाएर समेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए । संस्थाले पाँच वर्षमा रु २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो ।