चैत्र १६, २०८० शुक्रबार

बिल पेशगरेपछि मात्र पोशाकभत्ता, नत्र कटौती



काठमाडौं । सरकारी पोशाक भत्ता लिने तर पोशाक नलगाउने कर्मचारीको पोशाकभत्ता कटौती हुने भएको छ । पोशाक सिलाएको बिल पेश गरेपछिमात्र पोशाकभत्ता उपलब्ध गराउने कानून बन्न लागेको हो ।

यो बागमती प्रदेशको खबर हो । प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी पोशाक भत्ता लिने तर पोशाक नलगाउने प्रवृत्ति रोक्न यस्तो कानूनको आवस्यकता रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले पोशाकका लागि उपलव्ध हुने रकम पोशाक सिलाएको बिल पेश गरेपछि मात्र उपलव्ध गराउने व्यवस्था लागु गर्नुपर्ने बताए ।

वाग्मती प्रदेशका सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताएका छन् ।

उनले पोशाक भत्ताबाट कपडा सिलाएको बिल पेश गरेपछि मात्र रकम पाउने नियम बन्दा कर्मचारीले नयाँ कपडा लगाउने भएकोले त्यही अनुसार व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह पनि समेत गरे ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरको ११औँ वार्षिक साधारसभामा मुख्यमन्त्री पौडेलले पोशाक सिलाउने भत्ता लिएपछि अनिवार्य कपडा सिलाउनुपर्ने नियम नबन्दा सो व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको समेत रोजीरोटीमा असर पुगेको भनाइ राखे । उनले भने, “म यो नियम लागू गर्न तीनै तहका सरकारसँग पनि कुरा राख्छु ।