चैत्र १६, २०८० शुक्रबार

कुप्रथाविरुद्ध टोल–टोलमा प्रहरी !



डोटी । सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैङ्गिक हिंसा, लागुऔअध दुव्र्यसनीलगायत कु–प्रथाको अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न टोलटोलमा प्रहरी अभियान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले केही दिनयतादेखि उक्त अभियानको थालनी गरेको हो । जिल्लाका विभिन्न गाउँ तथा टोलमा अझै पनि बाल तथा बहुविवाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यस्को अन्त्यका लागि आफूहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । उनले भने, “जिल्लाका विभिन्न स्थलमा बहुविवाह, बालविवाहलगायत घटना कायमै भएको पाएकाले टोलटोलमा प्रहरी अभियानसँगै अन्य कुप्रथाको अन्त्यका लागि अभियान थालेका छौँ, सबैको सहयोग जरुरी छ ।”

जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा २० वटा प्रहरी टोली तथा अन्य ग्रामीण क्षेत्रमा रहेका प्रहरी एकाइमार्फत अभियान सञ्चालन गरिरहेको छ । प्रहरीहरुको टोली टोलटोल, स्कूल तथा सार्वजनिक ठाउँहरुमा पुगेर सामाजिक विकृतिविरुद्ध जनचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । टोलटोल र गाउँगाउँमा खटिएका प्रहरी टोलीले प्रत्येक टोलमा बहुविवाह, बालविवाह, छाउपडी प्रथालगायत अन्य कुप्रथा अन्त्यका लागि स्थानीयवासीलाई भेला गराएर चेतनामूलक पोष्टर तथा पम्प्लेट वितरण गर्ने काम गरिरहेका छन् ।

त्यस्तै, प्रहरीले विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनीमा फसेका बालबालिका, युवायुवतीलाई समेत सचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।