बैशाख ७, २०८१ शुक्रबार

बिहे गरेको ६ महिनामा बच्चा, जन्मेको ४५ दिनमा हत्या



पोखरा । ४५ दिने छोराको हत्या अभियोगमा बागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानीकी गीता कुँवर पक्राउ परेकी छन् ।

हाल कास्कीको अन्नपूर्ण गाउँपालिका– २ नौडाँडा बस्ने २२ वर्षीया कुँवरलाई कास्की प्रहरीले बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याथ थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

कुँवरले बिहे गरेको ६ महिनामा बच्चा जन्माएको पाइएको डिएसपी हमालले जनाए । ‘कर्तव्य गरी बच्चालाई मारेको सूचना पाएपछि महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘हत्या किन गरेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।’