चैत्र ६, २०८० मंगलबार

ज्योति मगरको हातबाट खानेकुरा पाउँदा ग्राहक दंग



काठमाडाैं । ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन् ।

गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् । गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् ।

उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’

‘फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् । उनले भनिन्, ‘लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो ।

आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ सञ्चालनमा ल्याएका थियौं । छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’

नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउनको समयमा ‘फुडगन्ज’ ले सञ्चालनमा ल्याएको मोडल सञ्चालक क्रिस्टिना थापाले बताइन् । उनले ग्राहकको विश्वास जितिरहेको समेत बताइन्। ‘फुडगन्ज’ ले विहान ७ बजेदेखि रातीको ३ बजेसम्म ९२० घण्टा० राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पु¥याउने गरेको छ ।