चैत्र १५, २०८० बिहीबार

आमाको मुख हेर्ने दिन : आमा आएको देखेपछि छोरा कार चढेर भागे



मातातिर्थ औंशीको दिन आफ्नी आमा आमा आएको देखेपछि ललितपुर घर भएका एकजना व्यक्ति परिवार सहित कारमा भागेका छन् । माईलो छोराकहाँ गएकी आफ्नी आमा ट्याक्सीमा आएको देखेपछि तीनतले घरका मालिक ति व्यक्ति आफू फ्ल्याटमा ताला लगाएको भागेका हुन् ।

‘मेरो छिमेकमा यो घर तस्बीरमा देखिएकी आमाको जेठो छोराको हो, उहाँ माईलो छोराकोमा जानु भएको रहेछ र त्यहाँ दुइ जनालाइ कोरोना लागेपछि जेठो छोराकोमा फिर्ता जाने भनी ट्याक्सीमा आउँदा आमा आएको देखेपछि आफु बस्ने फ्ल्याटमा ताल्चा मारेर जेठो छोरा परिवार सहित कारमा भागेछन’, नेपालका अङ्ग्रेजी भाषा शिक्षकको सङ्गठन ९नेल्टा० का बरिष्ठ उपाध्यक्ष डा. लक्ष्मण ज्ञवालीले भने ।

ति व्यक्तिको खोजी गर्दा सबैजनाको मोबाइल स्वीच अफ रहेको र प्रहरीलाई खबर गर्दा समेत पत्ता लाग्न नसकेको ज्ञवालीले बताए । अहिले कोभिड १९ को कारणले गर्दा अन्यत्र राख्न नमिलेको र सोही घरका डेरावालले खाना खुवाउने गरी सिढीँ मुनि सुत्ने ब्यबस्था मिलाईएको छ । आज मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन आमा आउनेबित्तिकै भाग्ने छोराको कार्यप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

मेरो छिमेकमा यो घर तस्बीरमा देखिएकी आमाको जेठो छोराको हो। वहाँ माईलो छोराकोमा जानु भएको रहेछ र त्यहाँ दुइ जनालाइ कोरोना…