बैशाख ३, २०८१ सोमबार

राष्ट्रपति भण्डारीले गरिन् सी जिनपिङसँग फोनवार्ता : चीनले तत्काल १० लाख डोज खोप दिने 



काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ । नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने चीनले घोषणा गरेको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया राष्ट्रपति सी जिनपिङसँग फाेन वार्ता गर्दै  खाेपका उपलब्ध गराइदिने विषयमा कुराकानी गरेकी थिइन् । त्यसपछि  चीनले सो घोषणा गरेको हो ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।