बैशाख १२, २०८१ बुधबार

पूर्वराज्यमन्त्री आशाको सरकारसंग माग :पब्जी र फ्री-फायर तत्काल बन्द गरियोस्



काठमाडौँ – पूर्व वनराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले बच्चाहरुका माझ लोकप्रिय अनलाइन खेलहरु पब्जी र फ्रीफायर तत्काल बन्द गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् । गेमको लतका कारण बालबालिकाहरुमा डराउने, झर्किने जस्ता समस्या देखापरेको उनको भनाइ छ । सरकारले यस्ता गेम बन्द नगरे अभिभावकहरू अदालत जाने उनले बताइन् ।

‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ,’ उनले भनिन्, ‘इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला ।

तर पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’