बैशाख ११, २०८१ मंगलबार

८३ वर्षको उमेरमा बल्ल नागरिकता



गुल्मी । गुल्मीकी एक महिलाले ८३ वर्षको उमेरमा पहिलोपटक नागरिकता प्राप्त गर्नुभएको छ   । सत्यवती गाउँपालिका – ६ जोहाङ रैकरकी  हरिकला विकले ८३ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता पाउनुभएको हो । 

पहिला पहिला गाउँमा शिविर जादा खबर नपाएको  र स्थानीय सरकारले पनि नागरिकताको महत्व बुझाउन नसक्दा अहिले सम्म नागरिकता नपाएको  उहाँका छोरा देव बहादुर विकले बताउनुभयो । 

नागरिकता नहुदाँ ८३ वर्षको उमेरसम्म पनि सामाजिक सुरक्षा भत्ता पाउनुभएको थिएन । तर पनि गाउँपालिकाले उहाँको नागरिकताका लागि कुनै पहल गरेको थिएन ।  अब नागरिकता बनेपछि भने भत्ता पाउने आशाले हरिकला खुसी हुनु भएको छ ।