बैशाख ७, २०८१ शुक्रबार

सरकारले महिला विरुद्ध हुने सबै विभेद समाप्त गर्ने



काठमाडाैं । सरकारले महिलाविरुद्ध हुने सबै विभेदहरुलाई समाप्त गर्ने घोषणा गरेको छ । सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो ।

शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले पढेर सुनाएको साझा न्यूनतम कार्यक्रममा ‘महिला विरुद्धका सबै विभेदहरुलाई समाप्त गर्दै बलात्कार, घरेलु हिंसा, एसिड आक्रमण र बेचबिखनजस्ता अपराध गर्नेलाई कडा कारबाही गर्ने’ उल्लेख छ ।

त्यस्तै मिहला बिरुद्धका सम्पूर्ण विभेदकारी कानून, पितृसत्तात्मक परम्परागत मान्यता र व्यवहारको अन्त्य गरी लैङ्गिक समतामूलक समाज निर्माण गर्ने विषय पनि उल्लेख छ । साझा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्ने पनि भनिएको छ ।

त्यस्तैगरी सरकारका साझा न्यूनतम कार्यक्रममा कर्णाली प्रदेश लगायत मानव विकास सूचकाङ्क कम भएका अय क्षेत्रहरुमा गर्भवती तथा सुत्केरी महिला र कुपोषण प्रभावित बालबालिकालाई न्यूनतम पोषणका कार्यक्रम प्रभावकारी बनाउने पनि उल्लेख छ ।

सत्ता साझेदार दलहरुले एकल महिला सहित सिमान्तिकृत वर्ग समुदायलाई दिने सामाजिक सुरक्षाको दायरा विस्तार गरीने पनि उल्लेख छ । ‘लोककल्याणकारी राज्यको मान्यताअनुरुप समाजका जेष्ठ नागरिक, असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, तथा विपन्न व्यक्तिका साथै दलित, उत्पीडित तथा पिछडिएको वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत तथा लापोन्मुख समुदायलाई दिइएको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने । अपाङ्गता भएका व्यक्तिलाई रोजगारमूलक तालिम दिने उल्लेख छ ।