चैत्र १६, २०८० शुक्रबार

समाजवादको आधारस्तम्भ खडा गर्न २० युनिटसम्म बिजुली निःशुल्क : मन्त्री भुसाल



काठमाडाैं । उर्जा तथा जलश्रोतमन्त्री पम्फा भुसालले समाजवादको आधारस्तम्भ खडा गर्न २० युनिटसम्म बिजुली निःशुल्क गरिएको बताएकी छन् ।

गरिब तथा विपन्नलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा नेपालको संविधानले प्रत्याभूत गरेको समाजवादको आधारस्तम्भ खडा गर्ने लक्ष्यका साथ अगाडि सारिएको बताएकी हुन् ।

‘गरिब, विपन्नलाई राज्यले सेवा दिनुपर्छ भन्ने मान्यताका साथ यो प्रावधान राखिएको हो ’, मन्त्री भुसालले भनिन् ।

आईतबार सत्ता साझेदार दलले सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै गरिब तथा विपन्नलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको थियो । प्राधिकरणका अनुसार करिब २० लाख ग्राहक यो सुविधाबाट लाभान्वित हुनेछन् ।