बैशाख १, २०८१ शनिबार

स्वीकृत भयो कर्मचारीको नयाँ तलबमान, बढेकाे तलब साउन १ देखि नै लागू हुने



काठमाडाैं । सरकारले कर्मचारीहरुको चालू आर्थिकवर्षमा लागू हुने नयाँ तलवबमान स्वीकृत गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २०७८ साउन १ देखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

बैठकपछि सरकारका प्रवक्ता कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।

तत्कालीन केपी ओली सरकारले अध्यादेशबाट बजेट ल्याउँदा चालु आर्थिक वर्षदेखि कर्मचारीको २ हजार तलब बढाउने निर्णय गरेको थियो । जसलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नु पर्ने भएकाले आजको बैठकले आवश्यक निर्णय गरेको हो।

नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताए । यस्ताे छ कर्मचारीकाे नयाँ तलब :