बैशाख ८, २०८१ शनिबार

मैलुङ खोलाको आईपीओमा १९ लाख ९९ हजार ४९३ जनाकाे हात खाली, यसरी हेर्नुहाेस नतिजा



काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ भरेकामध्ये ६८ हजार ४ सय ७४ आवेदकले शेयर पाएका छन् । मंगलबार बिहान भएको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट उनीहरुले १० कित्ताको दरले शेयर पाएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आईपीओका लागि कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको थियो ।

जस अनुसार गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले शेयर पाएपछि आवेदन दिएकामध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदक हात खाली भएका छन् । आईपीओ पर्नेमध्ये ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीको आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार मैलुङ खोलाको वेबसाइट https://mailungkhola.com, बिकी प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।