बैशाख १३, २०८१ बिहीबार

सुसाइड नोट लेखेर कन्नड अभिनेत्री सौजन्याले गरिन् आत्महत्या



केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ ।

उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई माफी दिनसमेत भनेकी छिन् ।

यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव भने दिएको बताइन् । अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन् ।

सौजन्या कोडगु जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।